[Verse 1] फुत्केर गयो यो उमेर नि ढाकाले ढाकेर राखेको आफैमा आई लाग्यो कि, खै के? जवानी भरको ढाँटेको [Chorus] बुझ्न नसकिने खै के हो दुई दिन रितको संसार यो एक त हिजो मै खेर गैगो आज नि अवेर भै सको [Post-Chorus] म चाँही आफ्नै बाटो लागुँ है अब म चाँही आफ्नै बाटो लागुँ है अ [Verse 2] हिजो त जवानी ढल्के थ्यो आज नै त्यहि कुरो खै के भो? पिरती लाखेटेरै हो कि, जिन्दगी मेरो खेर गाको अरुको कुरो त सुनेर दौडिनु दौडियो चारै तिर चाउरो परेसी पो थाहा भो धन सबै नहुदो रहेछ [Pre-Chorus]म चाँही आफ्नै बाटो लागुँ है अब म चाँही आफ्नै बाटो लागुँ है अब
[Chorus] बुझ्न नसकिने खै के हो दुई दिन रितको संसार यो एक त हिजो मै खेर गैगो आज नि अवेर भै सको
No comments:
Post a Comment