Sunday, May 24, 2020

Josh - DA69 Sudin Pokhrel

Josh

संघर्ष जारी छ
गासँ, बास, कपासको जिम्मेवारी भारी छ
गद्य-पद्य, छन्दको भवसागरमा
डुबुल्की मार्ने क्रम जारी छ
अरौटे भरौटे यि सबै बनौटे
संघर्ष बिना यि बनेका भनौदे
न रचना न कौसल न कला न कारि
यिनकैछ दिन यहाँ यिनकै दुना भारि
दक्षम र सक्षम सबै ऊता भासिए
यि सुकिला र मुकिला यो बाकसमा टाँसिए
न शैली न ढाँचा, यि काँचा बुख्याँचा
यिनकैछ यहाँ बोलबाला, सिकाऊने परिभाषा
संगित को त्यस्तै हाल, पैसाको हालिमुहाल
पैसावाल पैसा फाल, शुर तालको हाल बेहाल
साधक संगीतका, माहोल संगीतको
श्रोता यहाँ गितका, रचना त्यो गितको
पैसा यहाँ गित भयो, नचाऊने यहाँ रित भयो
शुरताल बलत्कृत, गन्दगी यहाँ नित भयो
चर्चा त बढ्यो संगै बढ़े यसको तस्कर
खुलेआम बलत्कृत असलि कलाकारलाई ठक्कर
तपस्या, लगाव र मेहेनतको लिलामी
कुर्सिमा बसेर खाँदैछन् बेईमानी
काँधमा जिम्मेवारी, माँग संग जुहारी
द्रब्य र गणितको यहाँ सधैं हाहाकारी
(DA69)

No comments:

Post a Comment