About Singer
Sunil Giri is a Nepali singer, composer and song-writer. He is known best for giving typical Nepali flavour in his songs. His song has the pure Nepali taste kinda folk songs. He has million of fans in Nepal as well as abroad. 'A saili ' is song about youth, love and nature. Giri has beautifully sung the song.
(Intro)
उकालीको बर पिपलमा
भारी बिसाउने चौतारी
उकालीको बर पिपलमा
भारी बिसाउने चौतारी
ए साँईली, जीवन बिसाउने
छ कि छैन कोइ दौतरी
तिमी नि एक्लै, म पनि एक्लै,
कति हिड्ने हो भौतारी
ए साँईली, जीवन बिसाउने
छ कि छैन कोइ दौतरी
आहा आहा आहा आहा
Music : keyboard
Verse 2
बादल गर्जियो, पानी है पर्यो
त्यो पारी बनैमा
थोरै मात्र ठाउँ भए पुग्छ
तिम्रो त्यो मनैमा
बादल गर्जियो, पानी है पर्यो
त्यो पारी बनैमा
थोरै मात्र ठाउँ भए पुग्छ
तिम्रो त्यो मनैमा
माग्दिन अरु केहि पनि त,
न रिसाउन यसरी
ए साँईली जीवन बिसाउने
छ कि छैन कोइ दौतरी
आहा आहा आहा आहा
(Music)
सिमली भुवा जस्तो यो जीवन
उडेर गैजाला
ढल्किन्छ उमेर काटेको बैंश
कसले पो लैजाला
सिमली भुवा जस्तो यो जीवन
उडेर गैजाला
ढल्किन्छ उमेर काटेको बैंश
कसले पो लैजाला
बिन्ति बिसाउदा नबोलि बस्न
सकेको माया, कसरी?
ए साँईली जीवन बिसाउने
छ कि छैन कोइ दौतरी
आहा आहा आहा आहा
(Thank you)
Please follow and share our page
No comments:
Post a Comment